तनहुँ, ७ साउन । युवा संघ नेपाल तनहुँले पहिरोपीडितलाई आर्थिक सहयोग गरेको छ ।
रिसिङ्ग गाउँपालिका वडा नं ८ पल्टयाङ्गमा गएको पहिरोले २ छोरा, २ बुहारी र १ नाती गरि ५ जना परिवार गुमाई घाइते भएकी ज्योतिमाया थापालाई आर्थिक सहयोग गरेको युवा संघ नेपाल तनहुँका संयोजक ईश्वर वश्यालले जानकारी दिए ।
घाइते थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारत भइरहेको छ । उनको स्वास्थ्यस्थिति सुधार भएको वश्यालले बताए ।
राहत वितरण गर्न युवा संघ नेपाल तनहुँको संयोजक वश्याल, जिल्ला सदस्य अनिल तिवारी र नेकपा जिल्ला कमिटी तनहुँका कार्यलय सदस्य मदन आले समेतको सहभागिता रहेको थियो ।
















प्रतिक्रिया