२८ आश्विन २०८३, बुधबार

पर्सिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । यातायात व्यवसायीले पर्सि बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

महासंघले पत्रकार सम्मेलनमार्फत आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न अपिल गरेको छ ।

महासंघ महासचिव सरोज सिटौलाले जोर–बिजोर प्रणालीमा गाडी चलाउने निर्णय गरेको बताए । यस्तै यातायात व्यवसायीले लामो दूरीमा पनि गाडी चलाउने तयारी गरेको उनको भनाइ छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक दूरी कायम राख्दै स्वास्थ्य सतर्कता अपनाएर एक जिल्लाबाट अर्काे जिल्लामा छोटो दूरीको सवारी चलाउने निर्णय गरेको थियो ।

यसका आधारमा पनि व्यवसायी गाडी चलाउन तयार भएका हुन् । त्यसअघि उनीहरुले लामो दूरीको समेत गाडी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।