
काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टी अध्यक्ष प्रचण्ड शितलनिवास गएको सत्य भए पनि परिबन्दमा परेर नभएको बताएका छन् ।
मंगलबार छोटो समय बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले पुष्पकमल दाहाल ‘प्रचण्ड’ झुक्याएर लैजाने खालको अध्यक्ष नभएको स्पष्ट पारे ।
ओली र प्रचण्डसहितका नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गत शनिबार साँझ शीतल निवास पुगेका थिए । त्यसको भोलिपल्ट प्रचण्डले पूर्व निर्धारित भेट नभई परिबन्दमा परेर शीतल निवास पुर्याइएको बताएका थिए ।
प्रचण्ड शितलनिवास पुगेपछि माधवकुमार नेपाल र झलनाथ खनाललगायत नेताहरु उनीप्रति शशंकित बनेका छन् ।













प्रतिक्रिया