२८ आश्विन २०८३, बुधबार

जबरजस्ती करणी गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, ६ साउन । जबरजस्ती करणी गरेको अभियोगमा लाहान नगरपालिका–७ का २६ वर्षीय राम साह (चुने) लाई प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुर बस्ने साहलाई २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शाहले ती महिलालाई मानेभन्ज्याङ गाउँपालिका–६ स्थित सञ्जु होटलको कोठामा शनिबार जबरजस्ती करणी गरेको बुझिन आएको प्रहरीले बताएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।