२८ आश्विन २०८३, बुधबार

बैंकिङ कसुर र चोरी मुद्दाका दुई जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ६ साउन । बैंकिङ कसुर र चोरी मुद्दाका फरार दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका–५ का ५८ वर्षीय मधुराम प्रधानांगलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र ६ लाख ९६ हजार १०० रूपैयाँ जरीवाना तोकिएका उनी फरार थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । तोकिएको फैसला कार्यान्वयनका लागि प्रधानांगलाई प्रहरीले जिल्ला अदालत भक्तपुरमा पेश गरेको भए पनि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा पठाइएको परिसरले जनाएको छ ।

नकबजनी चोरी मुद्दाका फरार पनि पक्राउ

यसैबीच भक्तपुर नगरपालिका–९ कमलबिनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई पनि सोमबार प्रहरीले पक्राउ गरेको छ ।

नकबजनी चोरी मुद्दाका फरार अभियुक्तलाई जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले मुद्दामा ११ हजार रूपैयाँ जरीवाना भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।