
काठमाडौं, ६ साउन । यूनिप्रेस नेपालले विभिन्न सञ्चार संस्थामा कार्यरत कोरोना प्रभावित सञ्चारकर्मीलाई राहत वितरण गरेको छ ।
बीपी स्मृति दिवसको अवसरमा यूनिप्रेसले मंगलबार आफ्ना सदस्यहरूलाई खाद्यान्नलगायत राहत सामग्री वितरण गरेको हो ।
वितरित राहत सामग्री यूनिप्रेसलाई यूनिप्रेससँग आबद्ध संस्थाहरू नेपाल ट्रेड यूनियन कांग्रेस तथा यूनियन नेटवर्क इन्टरनेशन नेपाल कार्यालयमार्फत प्राप्त भएको उप–महासचिव सुदिप बुडाथोकीले जानकारी दिए ।
नेपाल ट्रेड यूनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंङ कार्की, यूनिप्रेसका प्रमुख सल्लाहकार अश्विन दहाल, वरिष्ठ उपाध्यक्ष श्रीकृष्ण श्रेष्ठलगायतले राहत सामग्री वितरण गरेका हुन् ।













प्रतिक्रिया