२८ आश्विन २०८३, बुधबार

कांग्रेस महामन्त्री कोइराला भन्छन्– ‘गणतन्त्र भन्दा राजतन्त्रै ठिक !’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने अवस्थामा जनता पुगेको बताएका छन् ।

नेकपाभित्रको विवादमा राष्ट्रपतिले अनावश्यक हस्तक्षेप गरी तटस्थता गुमाएको भन्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको डा. कोइरालाको भनाइ छ ।

बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औं बीपी स्मृति दिवसका अवसरमा अयोजित अर्चुअल कार्यक्रममा डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताए ।

उनले आम नागरिकमा कमसेकम राजा त तटस्थ हुन्थे भन्ने मानसिकता देखिएको समेत उनको जिकिर छ ।

डा. कोइरालाले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समूहबाट एक जना मात्र सभापतिको उमेदवार हुने पनि बताएका छन् । उनले आफूहरुको समूहबाट को सभापतिको उमेदवार बन्ने भन्ने छलफल भइरहेको स्पष्ट पारे ।

कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन हामी भनेर लाग्नुपर्नेमा जोड दिँदै उनले राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुने भन्दै अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले सभापति देउवा इतरको पक्ष एक ठाँउ हुनुपर्ने बताए ।

उनले कांग्रेसको नेतृत्व परिवर्तनका लागि सवैले त्यागको भावना देखाउने बेला आएको पनि बताए । महाविधेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्नका लागि मात्र सभापति देउवाले विभाग बनाउन लागेको आरोप लगाए ।

कोइरालाले महाधिवेशन हुनका लागि मात्र ८ महीना बाँकी रहेको अवस्थामा विभागमा नियुक्त भएका साथीहरूले के काम गर्न सक्छन भनि प्रश्न समेत गरे । कोइरालाले आफुले सभापति देउवालाई सधै सहयोग गरेको भन्दै तर सभापति पार्टीमा एकलौटी गर्न नछोडेकाले आफु पनि सभापतिका विरुद्धमा लाग्न बाध्य भएको स्पष्ट पारे ।

महामन्त्री कोइरालाले अहिले नेकपासंग प्रतिष्पर्धाका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले कांग्रेसलाई एकतावद्ध बनाउनका लागि अहिले नेतृत्व परिवर्तन आवश्यक रहेको बताए ।

कोइरालाले नेपाली कांग्रेस र मुलुक अब बीपी कोइरालाले देखाएको राजनीतिक आर्थिक तथा समाजिक परिवर्तनको बाटोमा हिड्न आवश्यक रहेको स्पष्ट पारे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर धर्ती, बद्री पाण्डे गगन थापाले बीपी कोइरालाको योगदानको चर्चा गरेका थिए ।