२८ आश्विन २०८३, बुधबार

नागढुंगामा सडक एकतर्फी सञ्चालन, मौवाखोलामा समय लाग्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । काठमाडौंको नागढुंगा सडक एकतर्फी सञ्चालनमा आएको छ ।

नागढुंगा नजिकै नागमन्दिर छेउ र झ्याप्ले खोलामा सडकमातिबाट खसेको ठूलो ढुंगाले अवरुद्ध बनाएको सडक केहीबेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

तर, धादिङ र चितवनको सिमानामा पर्ने मौवा खोलाको पुल बाढीले बगाएपछि अवरुद्ध सडक खुलाउन भने समय लाग्ने प्रहरीले जनाएको छ ।

बाढीले क्षति पुर्याएको चितवन र धादिङको सीमानास्थित मौवाखोला पुलमा ग्याभिन भरेर सडक सञ्चालन गर्ने तयारी भएको छ ।

बाढीले भत्काएको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भर्ने तयारी भइरहे पनि निरन्तरको वर्षाका कारण काम गर्न असहज भइरहेको बताइएको छ ।

सोमबारको बाढीले उक्त पुलको १२ मिटर भन्दा धेरै भाग बगाएर लगेको थियो ।