
काठमाडौं, ५ साउन । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेको छ ।
महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहकाबीच एक्सटेन्सन काउन्टरको औपचारिक रूपमा उद्घाटन गरे ।
कार्यक्रममा यातायात कार्यालयका प्रमुख भट्टले मेगा बैंकको काउन्टर खुलेपछि अब सेवाग्राहीले यातायात कार्यालयमा सहज रूपमा बैंकिङ कारोबार गर्न पाउने बताए । करीब ४०० जना सेवाग्राहीहरू दैनिक लाभान्वित हुने उनको भनाइ छ ।
यसैगरी, मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख ओझाले विभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरूप यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरिएको बताए ।
ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको यो ३१औं एक्सटेन्सन काउन्टर भएको बैंकले बताएको छ ।
केही समयअघि मात्र गण्डकी विकास बैंकलाई प्राप्ती गरेपछि मेगा बैंकको देशभर २०६ वटा शाखा र १४२ वटा एटीएम सञ्जाल छन् ।













प्रतिक्रिया