२८ आश्विन २०८३, बुधबार

पाल्पा–बुटवल सडक एकतर्फी खुल्यो, साँझ ८ बजेपछि यात्रामा प्रतिबन्ध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, ५ साउन । पहिरोको कारण बन्द भएको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपालिका–८ कोगौडेपुलमा खसेको ठूला–ठूला ढुंगासहितको पहिरो पन्छाएर एकतर्फीरूपमा सडक सुचारु गरिएको हो ।

उक्त सडक अखण्डमा जुनसुकै बेला जहाँ पनि पहिरो खस्न सक्ने भएकाले सावधानीका साथ यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले सबैमा अनुरोध गरेको छ ।

यसैबी जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पा–बुटवल सडकमा बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि यात्रा गर्न रोक लगाएको छ । जोखिमपूर्ण यात्राबाट खतरा हुन सक्ने भएकाले यस्तो सूचना जारी गरेको हो ।