
काठमाडौं, ५ साउन । समाजसेवी कमलबहादुर राजलवटले नेपाल पत्रकार महासंघ केन्द्रलाई गुर्जोका बिरुवा हस्तान्तरण गरेका छन् ।
स्वास्थ्यका बहुउपयोगी मानिएको गुर्जोका ३ क्रेट बेर्ना सोमबार उनले नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
आन्तरिक राजस्व कार्यालय लाहानमा कार्यरत राजलवटले गुर्जो हस्तान्तरण गर्दै यो बहुउपयोगी औषधि शुरूमा १ लाख ओटा बेर्ना वितरण गर्ने लक्ष भए पनि अब आवश्यकता पर्नेहरूलाई मात्र निःशुल्करूमा वितरण गरिने बताए ।
रुघा खोकी, सबै प्रकारका ज्वरोलगायका लागि उपयोगी रहेको उनको भनाइ छ । गुर्जो रोप्न मेहनत धेरै लागत कम रहेको उनले बताए । करेसाबारी, कौशी तथा घाम लाग्ने जुनसुकै स्थानमा रोप्न सकिने उनले बताएका छन् ।
स्वास्थ्यका लागि बहुउपयोगी गुर्जोका विरुवा निःशुल्क वितरण गर्ने अभियानमा लागेका राजलवटलाई महासंघका अध्यक्ष आचार्यले धन्यवाद व्यक्त गरेका छन् ।













प्रतिक्रिया