२८ आश्विन २०८३, बुधबार

नारायणी, कोशी र लालबकैया नदीमा बाढी खतराको संकेतसम्म पुग्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । अविरल वर्षाका कारण देश बाढी तथा पहिरोको उच्च जोखिममा परेको छ ।

यसैबीच प्रदेश २, वागमती र गण्डकी प्रदेशका नदी र खोलामा पानीको सतह बढ्दै गएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्रियुगा, खाडो, बालन खुट्टी, चुरियाखोला, माउली, रातो, बिगही, झिमखोला हर्दीखोला, मरहाखोला, लखन्देही र साना नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै कन्काई, कोशी, कमला, तिनाउ, बबई, पश्चिम राप्तीका केही सहायक नदीमा पनि पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।

काठमाडौं उपत्यकाकामा पनि वागमतीसहित विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खुलगायत नदीमा बहाव सतर्कता नजिक पुगेको बताइएको छ ।

महाशाखाले आइतबादेखि बुधबारसम्म जारी रहने मनसुनलाई लक्षित गरी तीन दिनयता आम सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै आएको छ भने सरोकारवाला र सरकारलाई सम्भावित जोखिम न्यूनीकरण तथा उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गर्दै आएको छ ।