
सुनसरी, ५ साउन । इलाका प्रहरी कार्यालय इटहरीले सीडीआर शाखा स्थापना गरेपछि हालसम्म ७२ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरका चोरी भएका मोबाइलहरू सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
अघिल्लो वर्ष स्थापना भएको सीडीआर शाखाले १ वर्षमा ३०० थान मोबाइलको करीब ७२ लाख १८ हजार ६२० रुपैयाँ मूल्य बराबरका मोबाइलहरू फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको हो ।
इटहरीमा विभिन्न ब्रान्डका मोबाइलहरू हराउने एवं चोरी हुने घटना बढ्न थालेको गुनासो र उजुरीलाइ दृष्टिगत गर्दै इलाका प्रहरी कार्यालय इटहरीले गत २०७६ साल वैशाखदेखि सीडीआर शाखाको स्थापना गरी कार्यान्वयनमा ल्याएको थियो ।
प्रहरीले ७६ वैशाखदेखि ७७ जेठसम्म ५५ लाख रुपैयाँ मूल्य बराबरको २३१ ओटा मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइसकेको छ भने असार महीनामा ५ लाख ९४ हजार २४० रुपैयाँ मूल्य बराबरका थप २० थान मोबाइल फेला पारी धनीलाई बुझाएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।













प्रतिक्रिया