
काठमाडौं, ५ साउन । बीमा नियमनकारी निकाय बीमा समितिले स्थानीय तहअन्तर्गतका सबै वडाको प्याकेजमा बीमा गर्ने योजना बनाएको छ ।
उक्त योजना निर्माणका लागि समितिले गृहकार्य गरिरहेको बताएको छ । स्थानीय निकायमा हुने विपद् व्यवस्थापनमा सहयोग पु¥याउने र वडावासीहरूको सुरक्षाका लागि यस्तो योजना बनाउन लागेको बीमा समितिले बताएको छ ।
समितिले अहिले मुलुकभरका वडाको तथ्यांक संकलन गरिरहेको जानकारी दिएको छ । संकलित तथ्यांकको आधारमा जोखिम निर्धारण गरी अन्य बीमा योजना भन्दा फरक ढंगको प्याकेज बनाइने समितिको भनाइ छ ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा बीमाको दायरा फराकिलो बनाउने घोषणा गरेसँगै समितिले दायरा विस्तार र्गो योजना बनाएको हो ।
समितिका अनुसार बीमा गरिने वडाको क्षेत्रफल तय गरिने छ । त्यसमध्ये व्यक्तिको, सरकारी, खेतीयोग्य, बाँझो र खेती अयोग्य जमीन समेत छुट्याइने छ । त्यस्तै वडाभित्र बसोबास गर्ने कुल जनसंख्या, उमेर, लिंग, कमाउन सक्ने, कमाउन नसक्ने, रोजगार, बेरोजगार र अध्ययन र्गोलगायतलाई आधार मानी वडाको क्षमताका आधारमा प्याकेज निर्माण गरिने छ ।
विशेषगरी वडा कार्यालयका लागि निर्माण गरिने उक्त प्याकेज सबै वडाका लागि फरक–फरक हुने छन् । उक्त प्याकेजअन्तर्गतको बीमा पोलिसी कम्पनीले वडालाई एकमुष्टरूपमा विक्री गर्ने छ भने वडाले वडावासीसँग रकम उठाउन पनि सक्ने छ ।
सामाजिक उत्तरदायित्व वहन गर्ने अवस्थामा वडा कार्यालयहरू छन् भने उक्त रकम वडा आफैंले पनि तिरेर वडावासीको भविष्य सुरक्षित गर्न सक्ने छन् । वडाले यसरी पोलिसी खरीद गरेपछि सम्बन्धित वडा नै बीमाको दायरामा आउने समितिको विश्वास छ ।
यो बीमाअन्तर्गत वडावासीले विपद्बाट आफ्नो सम्पत्ति गुमाए पनि पछि पुनस्र्थापित हुन सहज हुने बताइएको छ । योजना लागू भएको खण्डमा क्षतिको मूल्यांकन गरी बीमा सुविधा उपलब्ध गराइने छ । यसले मुलुकको उत्पादकत्वमा मद्दत पुग्ने समितिको विश्वास छ ।













प्रतिक्रिया