२८ आश्विन २०८३, बुधबार

गोरखा–आँबुखैरेनी सडक वरुद्ध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ५ साउन । दुई दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण गोरखा आँबुखैरेनी सडकको ठाउँ–ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

गोरखा नगरपालिका–१३ मझुवामा पहिरो खसेपछि सोमबार बिहानदेखि उक्त सडक अवरुद्ध भएको हो । राजमार्गका ठाउँठाउँमा पहिरो खसेपछि अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने प्रयास भए पनि तत्काल सम्भव नदेखिएको स्थानीयले बताएका छन् ।

पहिरोकै कारण आइतबार पनि दिनभर आँबुखैरेनी–गोरखा सडक अवरुद्ध बनेको थियो । हिँजो दिनभर एकतर्फी गरिएको सडक आज थप पहिरोका कारण पूर्ण रुपमा बन्द भएको छ ।