२८ आश्विन २०८३, बुधबार

रसुवा सक्रिय कोरोनामुक्त जिल्ला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, ४ साउन । कोरोना संक्रमण ढिला देखा परेको रसुवा चाँडै संक्रमित मुक्त जिल्ला पनि बनेको छ ।

देशका सबै जिल्लामा कोरोना संक्रमित फेला परिसक्दा पनि जोगिएको रसुवामा गत असार १३ गते पहिलोपटक संक्रमित फेला परेको थियो ।

जिल्लाका ११ जना कोरोना संक्रमित निको भएसँगै रसुवा कोरोना मुक्त भएको हो । गएको शुक्रबारसम्म जिल्लामा १० जना संक्रमित निको भइसकेका थिए भने थप एक जनामा कोरोना पुष्टि भएको थियो ।

ती संक्रमितको पनि शुक्रबार कोरोना रिर्पोट नेगटिभ आएपछि जिल्ला सक्रिय कोरोना संक्रमितमुक्त भएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

गएको शुक्रबार कालिका गाउँपालिका–३ का २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । उनी कुवेतबाट आएका हुन् । उनले पनि कोरोना जितेर घर फर्किएपछि जिल्लाका सक्रिय कोरोना संक्रमित शून्य भएको छ ।

सक्रिय कोरोना संक्रमितबाट जिल्ला मुक्त भए पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले साबधानीलाई निरन्तरता दिन स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।

गत असार १३ गते जिल्लामा पहिलो पटक ९ जना कोरोना संक्रमित फेला परेका थिए । जिल्लामा हालसम्म कोरोना पुष्टि भएका ११ जना नै विदेशबाट आएका व्यक्ति हुन् ।