२८ आश्विन २०८३, बुधबार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा डा. रेग्मी नियुक्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार पदमा डा. मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् ।

प्रतिष्ठानकै प्रसुती विभाग प्रमुख रहेका डा. रेग्मीलाई आइतबार (आज) स्वास्थ्यमन्त्री भानुभक्त ढकालले रजिष्ट्रारमा नियुक्त गरेका हुन् । ५ वर्षे कार्यकालका लागि मन्त्रालयले उनलाई रजिष्ट्रारमा नियुक्त गरेको हो ।

प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेपछि सहकुलपति एवं स्वास्थ्यमन्त्रीले रजिष्ट्रार नियुक्ती गर्ने प्रावधानअनुसार उनलाई नियुक्ति दिएको मन्त्रालयले बताएको छ ।

प्रतिष्ठानभित्रैबाट र डाक्टरहरुबाट समेत रजिष्ट्रार नियुक्त हुने रेग्मी पहिलो व्यक्ति हुन् । यसअघिका रजिष्ट्रारहरु डाक्टरी पेशाका थिएनन् ।