
काठमाडौं, ४ साउन । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत बिहीबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएर उच्च विन्दु कायम गरेको सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँ घटेको थियो । तर, आइतबार पुनः ३०० रुपैयाँ बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँ बढेर आइतबार प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।













प्रतिक्रिया