
खलंगा, ४ साउन । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा शनिबार राति भएको ट्याक्टर दुर्घटनाका सातै जना मृतक रोल्पाको भएको खुलेको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा रोल्पा रुम्टगढी गाउँपालिका–५ का १९ वर्षीय वीरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, गोबर्धन बुढा मगर र त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवर छन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार कमल कुवँर ट्याक्टर चालक हुन् । मृतकमध्ये गोबर्धन बुढामगरको भने उमेर खुल्न नसकेको बताइएको छ ।
८ जना सवार उक्त ट्याक्टर दुर्घटनामा रोल्पाकै विशाल थापाले भने हाम फालेर ज्यान जोगाएका छन् । ट्याक्टरमा सवार सबै भिंगृ–स्वर्गद्वारी सडक निर्माणमा खटिएका मजदुरहरू भएको प्रहरीले बताएको छ ।













प्रतिक्रिया