शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रचण्ड–नेपाल समूहको छलफल खुमलटारमा जारी

दैनिक नेपाल २०७७ साउन ४ गते १२:११

काठमाडौं, ४ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्दै छ ।

तर, उक्त बैठकअघि पार्टी अध्यक्ष पुष्पकमल दाहालनिवास खुमलटारमा झलनाथ खनाल माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र माधव कुमार नेपालनिकटका केही स्थायी कमिटी सखस्यहरूसहितको छलफल जारी छ ।

शनिबारको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड करीब सहमति नजिक पुगेको सन्देश दिएसँगै अन्य नेताहरू माधव नेपाल, झलनाथ खानाल र बामदेव गौतमले भने प्रचण्डमाथि शंका गरेका छन् ।

सोही शंका निवारणका लागि बिहानैदेखि नेताहरू छलफलमा जुटेको बताइएको छ । छलफलमा नेताहरूले ओली र दाहाल मात्रै मिलेर नहुने बताउँदै असन्तुष्टि व्यक्त गरेका छन् ।

आउँदो मंसिरमै महाधिवेशन गर्ने ओलीको प्रस्तावमा दाहालले सहमति जनाएपछि नेकपाभित्र नयाँ तरंग पैदा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित