२८ आश्विन २०८३, बुधबार

नुवाकोटमा कोरोना संक्रमितको संख्या ३५ पुग्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ४ साउन । नुवाकोटमा कारोना संक्रमितको संख्या ३५ पुगेको छ ।

शुक्रबार २ जना र शनिबार १ जना थप संक्रमित फेला परेसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३५ पुगेको हो । स्वास्थ्य कार्यालयल नुवाकोटले दिएको जानकारी अनुसार जिल्लामा सबैभन्दा धेरै १५ जना संक्रमित तारेकश्वर गाउँपालिकाका छन् ।

शुक्रबार तारकेश्वर गाउँपालिका–२ तारुकाका २ जना पुरुषमा कोरोना संक्रममण पुष्टि भएसंगै नुवाकोटका कोरोना संक्रमितको संख्या ३५ पुगेको हो । भारतबाट आएका तारकेश्वरका ३१ र ३४ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

तारकेश्वर गाउँपालिकामा भारतबाट फर्किनेको संख्या ३०० भन्दा बढी छ । भारतबाट आउनेहरूलाई अनिवार्य रूपमा गाउँपालिकाले तोकेको क्वारेनटाइनमा १४ दिन राखेर आरडीटी परीक्षणमा नेगेटिभ आएकाहरूलाई मात्र घर पठाइएको र सचेतताको उपायहरू अपनाइरहेको गाउँपालिका अध्यक्ष रमेश वस्तीले बताए ।

नुवाकोटका संक्रमितहरूमध्ये ६ जना त्रिशूली जिल्ला अस्पताल, ३ जना खरानीटार अस्पताल र १ जना पाटन अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

जिल्लामा कोरोनालाई जितेर घर फर्किनेको संख्या पनि बढिरहेको छ । हालसम्म २५ जनाले कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य कार्यालयका प्रमुख घिमिरेले बताए ।

उनका अनुसार हालसम्म जिल्लाका सूर्यगढी, पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकामा कोरोना भाइरस संक्रमित देखिएको छैनन् ।
जिल्लामा हालसम्म ६७५ जनाको पीसीआर परीक्षण भएकोमा ३५ जनाको नतिजा पोजेटिभ आएको छ भने ६२८ जनाको नेगेटिभ आएको छ । पीसीआर परीक्षणमा पठाइएका १२ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।