बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी : ब्याडमिन्टन एसिया

दैनिक नेपाल २०७७ साउन ३ गते १३:४०

काठमाडौं, ३ साउन । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल एसियाकै जुनियर खेलाडी भएको ब्याडमिन्टन एसियाले जनाएको छ ।

विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौं स्थानमा रहेका प्रिन्सबारे छोटो लेख लेख्दै ब्याडमिन्टन एसियाले सो कुरा उल्लेख गरेको हो ।

ब्याडमिन्टन एसियाले हरेक हप्ता एसिया क्षेत्रका उत्कृष्ट खेलाडीको लेख सार्वजनिक गर्ने गर्दछ । त्यसै अन्तर्गत यो साता शनिबार प्रिन्सबारे लेख प्रकाशित गरेको हो ।

प्रिन्सले जुनियर स्तरमा दुई अन्तर्राष्ट्रिय उपाधि जितिसकेका छन् भने अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेत खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित