२८ आश्विन २०८३, बुधबार

पाँचथरका सबै संक्रमित घर फर्किए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पाँचथर, ३ साउन । पाँचथरका सबै कोरोना संक्रमित घर फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यहाँका सबै संक्रमित निको भएर घर फर्किएका हुन् । क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काइएको कार्यालयको भनाइ छ ।

पाँचथरमा पहिलोपटक गत जेठ ३ गते कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको थियो । सरकारी उद्धारको क्रममा कुवेतबाट फर्किएकी याङवरक गाउँपालिकाकी २५ वर्षीया युवतीमा संक्रमण देखिएको थियो । कोशी अञ्चल अस्पतालमा उपचाररत उनी केही समयअघि नै घर फर्किसकेकी छिन् ।

यस्तै विदेशबाटै आएका अरु ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरू पनि उपचारपछि घर फर्किएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जानकारी दिएको छ । उनीहरू समेत घर फर्किएपछि शुक्रबारदेखि क्वारेन्टिन समेत खाली भएको बताइएको छ ।