२८ आश्विन २०८३, बुधबार

दोलखामा बस दुर्घटना हुँदा २ जना गम्भीर घाइते

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ३ साउन । दोलखाको मेलुङ गाउँपालिका–१ स्थित पवटीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् ।

पवटीबाट चरिकोट आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बस पवटीकै तिरतिरे धारामा शनिबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनाबाट ६ जना भन्दा बढी सामान्य घाइते भएका छन् ।

गम्भीर घाइते हुनेहरूमा कालिञ्चोक गाउँपालिका–९ की अन्दाजी ५५ वर्षीया धनमाया शिवाकोटी र पवटीकी ३० वर्षीया गोमा लकाई छन् । उनीहरूलाई उपचारका लागि जिल्ला सदरमुकाम चरिकोट ल्याइएको छ ।