२८ आश्विन २०८३, बुधबार

कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुग्यो, शुक्रबार थपिए १०१ जना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित प्रेस ब्रिफ्रिङमा पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना संक्रमित फेला परेको बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको रियल टाइम पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई २८५ जना डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा ११ हजार ५३४ जना कोरोना निको भएर डिस्चार्ज भइसकेका छन् ।

हाल क्वारेन्टाइनमा २२ हजार ७५६ जना रहेका छन् भने देशका विभिन्न अस्पतालहरूका आइसोलेसनमा ५ हजार ८७१ जना उपचाररत छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।