
मोरङ, २ साउन । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै खुकुरी प्रहार भएको छ ।
गाउँपालिका कार्यालयमा करसम्बन्धी विवाद हुँदा स्थानीय भवन ठकुरीले अध्यक्ष कार्कीमाथि शुक्रबार खुकुरी प्रहार गरेको मोरङ प्रहरीले बताएको छ । ठकुरीलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
खुकरी प्रहारबाट घाइते अध्यक्ष कार्कीलाई उपचारका लागि विराटनगर लगिएको छ ।
गाउँपालिकाको पटके करको ठेक्का नदिएको विषयमा ठकुरीले अध्यक्षमाथि खुकुरी प्रहार गरेको बताइएको छ । आर्थिक वर्ष २०७६/७७ असार मसान्तसम्म कर उठाउने ठेक्का पाएका ठकुरीले साउन १ गतेबाट नपाएपछि विवाद गरेका थिए ।
नयाँ आर्थिक वर्ष लागेसँगै उक्त कर गाउँपालिका आफैंले उठाउने निर्णय भएको थियो ।













प्रतिक्रिया