२८ आश्विन २०८३, बुधबार

सुन तथा चाँदीको मूल्य घट्यो

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १२ डलरले घटेसँगै नेपालमा पनि आज सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार छापावाल सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँ घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालमा पनि सस्तिएको हो ।

यस्तै तेजाबी सुन ९१ हजार ७६० र चाँदी प्रतितोला ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्यमा १० रुपैयाँले कमी आएको हो ।

बिहीबार तोलामा १०० रुपैयाँ घटेर सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।