
काठमाडौं, १ साउन । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् इतिहासविद् डा. जगमान गुरुङले रामको जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति जायज भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा रामको जन्मभूमिबारे दिएको अभिव्यक्तिलाई लिएर विभिन्न टिप्पणी भइरहेका बेला इतिहासविद् गुरुङले ओलीको अभिव्यक्ति सही र सान्दर्भिक भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले भानु जयन्तीका दिन आयोजित एक कार्यक्रममा भगवान रामको जन्मभूमि अयोध्या नेपालमै रहेको अभिव्यक्ति दिएका थिए ।
नेपालमा राम र अयोध्याका विषयमा पर्याप्त बहस कहिल्यै नभएको बताउँदै गुरुङले प्रधानमन्त्रीको अभिव्यक्तिले कसैलाई पनि ठेस पुग्नुपर्ने विषय आफूले नदेखेको बताए । राम र अयोध्यासम्बन्धी भारतमा भएका कतिपय अध्ययनले पनि यसको कुनै निष्कर्ष ननिकालेको भन्दै उनले धेरै अध्ययनहरूले विवादित निष्कर्ष निकालेको सुनाए ।
धेरै व्यक्तिले यसबारे कुनै ज्ञान नराखेको तर्क गर्दै उनले ओलीले जानेको कुरा व्यक्त गर्दा नबुझ्नेहरूले आलोचना गर्ने गरेको समेत बताएका छन् ।













प्रतिक्रिया