
काठमाडौं, १ साउन । माछापुच्छ्रे बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवम् समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ ।
बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहीबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नायिका स्वेता खड्काले सोसम्बन्धी सझौतापत्रमा हस्ताक्षर गरेका छन् ।
चर्चित अभिनेत्री, समाजसेवी र युवा व्यवसायी समेत रहेकी खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।
नायिका खड्काले २० वर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसँग ब्रान्ड एम्बासडरको रूपमा आवद्ध हुन पाउँदा आफूलाई खुशी लागेको बताइन् । आगामी दिनमा बैंकलाई थप उचाइमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छिन् ।
बैंकले हाल १५९ वटा शाखा र १३४ वटा शाखारहित बैंकिङ सेवासहित २९३ स्थानबाट बैंकिङ सेवा दिँदै आएको जानकारी दिएको छ । यस्तै १९८ वटा एटीएम तथा १ हजार भन्दा बढी पीओएस मेशिनमार्फत पनि ग्राहकलाई सेवा दिँदै आएको बैंकले जानकारी दिएको छ ।













प्रतिक्रिया