
दाङ, ३१ असार । दाङमा कोरोना संक्रमण भएका आधाभन्दा बढी मानिसले कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमण देखिएका ६२५ जनामध्ये ४७९ जनाले कोरोना जितेर घर फर्किएको जनस्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।
कार्यालयका अनुसार सबैभन्दा बढी घोराही उपमहानगरपालिकाबाट निको भएर घर फर्किएका छन् । घोराही उपमहानगरपालिकामा कोरोना संक्रमण देखिएका २७० जना मध्ये २२८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
त्यसैगरी बंगलाचुली गाउँपालिकाबाट १६० संक्रमितमध्ये १३४ जना, तुलसीपुर उपमहानगरपालिकाका ४९ संक्रमित मध्ये ४० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । त्यस्तै गढवा गाउँपालिकाका ३७ संक्रमितमध्ये २५ जना, राप्ती गाउँपालिकाका २९ संक्रमितमध्ये १४ जना, लमही नगरपालिकाका २५ संक्रमितमध्ये १२ जना, राजपुर गाउँपालिकाका १७ संक्रमितमध्ये १ जना, शान्तिनगर गाउँपालिकाका १६ संक्रमितमध्ये ९ जना, बबई गाउँपालिकाका १४ संक्रमितमध्ये १ जना र दंगीशरण गाउँपालिकाका ३ जना संक्रमितमध्ये २ जना कोरोनामुक्त भएको कार्यालयले बताएको छ ।
बाँकी १४३ जना अझै जिल्लाको कोरोना विशेष अस्पताल बेल्झुण्डी र जिल्लाका विभिन्न आइसोलेसनमा उपचाररत रहेको जनस्वाथ्य कार्यालयका सम्पर्क व्यक्ति कमल चन्दले जानकारी दिए । पछिल्लो समयमा जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या बढ्दै गएको जनस्वाथ्य कार्यालयले बताएको छ । गत आइतवार मात्रै कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ३२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।













प्रतिक्रिया