
काठमाडौं, २१ असार । सुदूरपश्चिम प्रदेशमा थप ५६ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थपिएकासँगै संक्रमितको संख्या ३ हजार ४६९ पुगेको छ । ७ सय ९० जना महिला र २ हजार ६७९ जना पुरुषमा कोरोना देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४६, सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट १० जनामा संक्रमण पुष्टि भएको हो ।
कैलालीका १ पुरुष, कञ्चनपुरका ५ पुरुष र ५ महिला, अछामका २८ पुरुष र १० महिला रहेका छन् । डोटीका ४ पुरुष र १ महिला, बैतडीका १ पुरुष, डडेल्धुराका १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।











प्रतिक्रिया