७ मंसिर २०८३, सोमबार

लामो समयपछि ‘ग्याप’ तोडेर नेपाल प्रहरीमा आईजी नियुक्तिको तयारी

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । २४ असारमा नेपाल प्रहरीमा नयाँ नेतृत्व पाउने भएको छ । सेवाअवधिका कारण प्रहरी महानिरिक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली निवृत्त हुँदैछन् । उनीसँगै प्रहरीमा रहेका तीन अतिरिक्ति महानिरिक्षक (एआईजी) मध्ये तारिणी लम्साल पनि सेवा निवृत्त हुँदैछन् ।

यसपटक हुने आईजी नियुक्तिको प्रक्रिया भने सहज सँगै लामो समयको पदीय ग्याप पनि तोडिने छ ।

प्रहरी ऐनले एआईजी वा एआईजी नभए डिआईजीबाट आईजी नियुक्तिको प्रावधान राखेको छ ।

यसअघि भएका कतिपय आईजी सिधै डिआईजीबाट नियुक्त भएका थिए । प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली सिधै डिआईजीबाट आईजी नियुक्त भएका थिए । यस पटक भने शैलेश थापा क्षत्री वा हरि पाल मध्ये एक जना एआईजीले आईजीको फूली लगाउँदा लामो समयको ग्याप ताडिने भएको हो ।

आईजी नियुक्ति हुनासाथ दुई एआईजीको पद पनि रिक्त हुनेछ । ती पदमा अब हुने आईजीका ब्याची रहेका दुई बरिष्ठतम् नायव महानिरिक्षक (डिआईजी)हरू प्रद्युम्न कार्की र निरज शाहीको बढुवा हुने निश्चितप्रायः छ ।

तर कतिपयले सरकारले आईजी नियुक्तिसँगै एआईजीको दरबन्दी थप गर्न लागेको समेत हल्ला चलाएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार अहिले सरकारको त्यस्तो ठूलो तयारी केही पनि रहेको छैन । दरबन्दी अझ घटाउने प्रक्रियामा गृह मन्त्रालय रहेको छ । यसको उदाहरण भने डिआईजी बढुवाका क्रममा घटाइएको दरबन्दी नै हो ।

सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले नै आईजीबारे टुंगो लगाउने छ । त्यसको हुन नसकेको खण्डमा आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक राखी आईजी नियुक्ति गर्ने सरकारको चलन छ ।