बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

काठमाडाैंमा १२ वटा माइक्राेबसमा आगलागी

दैनिक नेपाल २०७७ असार २१ गते ८:५६

काठमाडाैं, २१ असार । काठमाडाैंको नयाँ बसपार्कमा आइतबार बिहान १२ वटा माइक्रोबसमा आगलागी भएको छ ।

ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रो बस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार आगलागीको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित