शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

ओली-देउवा भेटवार्ताको खुलासा

दैनिक नेपाल २०७७ असार २१ गते ६:४१

काठमाडौं, २१ असार । पार्टीभित्रको आन्तरिक विवादका कारण समस्यामा परेका प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको खुलासा भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा असार १७ गते राति साढे एक घण्टा ओली र देउवाबीच भेटवार्ता भएको हो । भेटवार्तामा मुलुकको पछिल्लो राजनीकि अवस्थाका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका एक नेताका अनुसार ओली र देउवाबीच संवैधानिक निकायको बैठक र पदाधिकारीहरू नियुक्तिका विषयमा छलफल भएको थियो ।

नेकपाका नेताहरूले ओलीको राजीनामा माग गरेका बेला देउवासँग भेट भएको हो । भेटमा भएका कुराकानीका विषयमा केही भनिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित