बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बझाङमा शनिबार बिहानै पहिराेले १७ घर बगायाे, पाँच जनाकाे मृत्यु

दैनिक नेपाल २०७७ असार २० गते ९:४८

फाइल तस्वीर

चैनपुर, २० असार । बझाङ जिल्लामा शनिबार बिहान पहिराेले १७ घर बगाएको छ । घर बगाउँदा पाँच जनाकाे मृत्यु भएकाे स्थानीयले बताएका छन् ।

केदारस्युँ गाउँपालिका वडा नम्बर ८, मल्लेसी गाउँमा पहिरोले घर बगाएको हो । पहिरोबाट ठूलो मानवीय क्षति भएको अनुमान छ ।

बिहान २ बजेतिर पहिरो गएको हो । पहिरो गएको गाउँमा प्रहरी सहितको उद्धार टोली बिहानै गएको भए पनि पुग्‍न सकेको छैन ।

स्थानीयका अनुसार ५ जनाको शव भेटिएको छ । २८ देखि ३० जनासम्म बेपत्ता रहेको अनुमान स्थानीयकाे छ ।

उद्धार गर्न गएको प्रहरी टोलीले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको डीएसपी गणेश बमले जानकारी दिएका छन ।

बझाङकी प्रतिनिधी सभा सदस्य आसा विकले हेलिकप्टर मार्फत उद्धार टोली घटनास्थल पठाउनका लागि प्रयास भैरहेको जानकारी दिएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित