बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

नेकपाका दोस्रो पुस्ताका नेता गम्भिर– नेतृत्वलाई परिस्थिति नभड्काउन सचेत गराउँदै

दैनिक नेपाल २०७७ असार १९ गते १२:३१

फाइल तस्वीर

काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताहरूले शीर्ष नेतृत्वलाई परिस्थिति नभड्काउन सचेत गर्ने भएका छन् ।

कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल गुटमा रहेका दोस्रो पुस्ताका एक दर्जन नेताले बैठक गरी यस्तो निर्णय गरेका हुन् ।

शंकर पोखरेल, विष्णु रिमाल, जनार्दशन शर्मा, टोपबहादुर रायमाझी, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका नेताको बैठकले नेतृत्वमा देखिएको असमझदारीले पार्टी विभाजनको अवस्थामा पुगेको भन्दै अवस्था अझ बिग्रन नदिने समझदारी कायम राख्न सचेत गराउने निर्णय गरेको हो ।

शनिबार हुने स्थायी समितिको बैठकमा पनि सोही विषयमा कुरा राख्ने दोस्रो पुस्ताका नेताले सहमति गरेका हुन् । शुक्रबार जारी विवादको समाधानका उपाय निकाल्न शीर्ष तहमा नै वार्ताका प्रयत्न गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित