बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेवि संघको कार्यक्रममा देउवाले थर्काए– बढ्ता जान्ने हुने, लाज छैन ?

दैनिक नेपाल २०७७ असार १९ गते ११:३९

काठमाडौं, १९ असार । नेपाल विद्यार्थी संघले शुक्रबार गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जंगिएका छन् ।

कोरोना महामारीका बेला कार्यक्रम गरेको भन्दै विद्यार्थी नेतालाई थर्काउँदै भने,‘यस्तो बेला कार्यक्रम गर्ने ? बढ्ता जान्ने हुने ?’

महामारीका बेला सामाजिक दूरी कायम गरी कुनै कुनै कार्यक्रम गरे पनि हुने तर भाषण गर्नकै लागि कार्यक्रम नगर्न देउवाको सुझाव थियो । उनले भने,‘कार्यक्रम नगरे पनि हुन्छ ।’

फागुनमा हुने पार्टीको महाधिवेशनपछि नेविसंघले पूर्णता पाउने देउवाको भनाई थियो ।

नेविसंघ एकआपसमा झगडामा रमाएकोले समस्याहरू आइपरेको जनाउँदै विद्यार्थी आपसमा मिलेको भए समस्या नै नआउने समेत बथाए ।

आफू नेवि संघ सभापतिको जिम्मेवारीमा सफल भएको कथा सुनाएका उनले चार पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै भने,‘तपाईहरू बन्नुहुन्छ ? लाज छैन ?’

प्रतिक्रिया
सम्बन्धित