बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रचण्ड भन्छन्– मैले सहमति खोजें, ओलीजीले एकाधिकार खोज्नुभयो

दैनिक नेपाल २०७७ असार १८ गते १२:०७

काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताका बेला भएको सहमति र अडान छाड्नु आफ्नो कमजोरी भएको बताएका छन् ।

विहीबार बिहान अध्यक्ष तथा प्रधानमन्त्री निकट रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललगायतसँग भएको भेटमा प्रचण्डले दुवै अध्यक्षको कमजोरी खोज्नका लागि सुझाव दिए । ‘मेरो कमजोरी सहमति र अडान छाड्नु हो । मैले सहमति खाजेको हुँ । तर, ओलीजीले एकाधिकार खोज्नुभयो’, प्रचण्डले भने ।

पोखरेलसँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायत नेता खुमलटार पुगेका थिए । प्रचण्डले कमजोरी खोजी सच्याउने तरिका के हुन सक्छ त्यसमा ओलीलाई सुझाव दिनका लागि सचेत गराए ।

मिलेर नगए नेकपा दुर्घटनातिर जाने ओली पक्षका नेताले प्रचण्डलाई बताएका थिए । दुई पार्टी एक बनाउने सहमति र जिम्मेवारी लिएपछि मिल्नुको विकल्प नरहेको र त्यसो हुन नसके दुर्घटनामा जान सक्ने सम्भावना रहेको ओली पक्षका नेताको सुझाव थियो ।

भारतमा पनि प्रभावमा रहेका कम्युनिस्ट सखाप भइसकेको र जुधिरहे नेपालमा पनि त्यस्तो अवस्था आउन सक्ने खतरा रहेको बताउँदै नेम्वाङले मिलेर जानका लागि प्रचण्डलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित