काठमाडाैं, १९ वैशाख । लकडाउन उल्लङ्घन गर्ने क्रम राेकिएकाे छैन । शुक्रबार बिहानै काठमाडाैं उपत्यकाका विभिन्न ठाउँबाट सात सयभन्दा धेरैलाई प्रहरीले हाेल्ड गरेकाे छ ।
लकडाउन उल्लङ्घन गरी हिँडेका सात सय २३ जनालाई प्रहरीले हाेल्ड गरेकाे हो ।
पाँच सय सात जनालाई काठमाडाैंबाट, एक सय ३१ जनालाई ललितपुरबाट र पाँच जनालाई भक्तपुरबाट हाेल्ड गरिएकाे प्रहरीले जनाएको छ ।
एक सय सात वटा गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउनको ३९ औँ दिन आज पनि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएकालाई प्रहरीले हाेल्ड गरेकाे हो ।
उनीहरूलाई कोरोना सङ्क्रमणले गर्ने असर र यसबाट बच्नको लागि घरभित्रै बस्न सुझाव दिएर दुई घण्टापछि प्रहरीले छाड्ने गरेको छ ।
अत्यावश्यक कामबाहेकका लागि निस्किएको गाडी भने बेलुकीमात्रै छाड्ने गरिएको छ ।














प्रतिक्रिया