१२ कार्तिक २०८३, बिहिबार

भारतले जडान गर्‍यो रौतहटको सीमा नाकामा सीसीटीभी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपेन्द्र पटेल

रौतहट, ८ वैशाख । नेपाल–भारत सिमानाको धेरै ठाउँमा भारतीय पक्षले आफ्नो सीमाभित्र सीसीटीभी क्यामरा जडान गरेको छ ।

रौतहटमा कोरोनाको संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएपछि नेपालबाट भारत पस्ने रौतहटसँग सिमाना जोडिएका अधिकांश गाउँमा भारतले सीसीटीभी जडान गरेको बुझिएको छ ।

रौतहटको ब्रह्मपुरी गाउँभन्दा दक्षिणको मसहा, गौरभन्दा दक्षिणको बैरगनिया, बन्जरहासँगैको बलुवा, लतमरीसँगैको हनुमान चौक, खापभन्दा दक्षिणको कबहिया ब्लक, बंकुलभन्दा दक्षिणको भारतीय गाउँमा पनि सीसीटीभी जडान गरिएका छन् ।

नेपालको रौतहटबाट भारततर्फ जाने अधिकांश गाउँमा सीसीटीभी क्यामरा जडान गरी भारतीय पक्षले निगरानी सुरु गरेको छ ।