१२ कार्तिक २०८३, बिहिबार

काेराेना देखिएकी पोखराकी महिलामा पीसीआर रिपोर्ट नेगेटिभ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ४ वैशाख । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षणबाट एन्टिबडी पोजिटिभ देखिएको पोखराकी एक महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

संकलित स्वाब बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको प्रयोगशाला निर्देशक सपना सुवेदीले बताइन् । यसअघि बुधबार दिउँसो आरडीटी किटबाट रगतको नमुना दुईपल्टसम्म परीक्षण गर्दा एन्टिबडी पोजिटिभ देखिएको थियो ।

पोखरा–१२ ढिकालेथर बस्ने ५५ वर्षीया उनी २७ दिनअघि दुबईमा रहेका छोरालाई भेटेर फर्किएकी थिइन् । ती महिलामा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको र अवस्था सामान्य रहेको सुवेदीले बताइन् ।

पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको रगतको नमुना बुधबार आरडीटी किटबाट परीक्षण गरिएको थियो ।