१२ कार्तिक २०८३, बिहिबार

विपद् कोषमा किर्डाकको चार लाख बयासी हजार सहयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा, १ वैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरस रोकथामका लागि किर्डाक नेपालले कपिलवस्तुका दुई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा कूल ४ लाख ८२ हजार रकम सहयोग गरेको छ ।

कपिलवस्तुको विभिन्न स्थानीय तहमा कार्य क्षेत्र बनाई सिड्स परियोजना संचालन गर्दै आएको किर्डाक नेपालले शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकालाई २ लाख ४१ हजारका दरले सहयोग गरेको हो ।

आइतबार किर्डाक नेपालका कार्यक्रम अधिकृत श्रीबहादुर भण्डारीले शिवराज नगरप्रमुख नेत्रराज अधिकारीलाई २ लाख ४१ हजारको चेक हस्तान्तरण गरेका थिए । यस्तै बुद्धभूमि नगरपालिकाको विपद् कोषको लागि नगरप्रमुख केशबकुमार श्रेष्ठलाई २ लाख ४१ हजारको चेक हस्तान्तरण गरेको भण्डारीले जनाए ।

देश लकडाउन भएको बेला दैनिक ज्यालादारी गरी छाक टार्ने विपन्न तथा असहायको घरमा चुलो बलोस् र कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ आफ्नो संस्थाको कार्यक्षेत्र रहेको दुई नगरपालिकालाई राहतका लागि रकम हस्तान्तरण गरिएको भण्डारीले बताए ।

अहिलेको विषम परिस्थितिमा नगरले अपनाएको एकद्वार राहत वितरणबाट नै सबैलाई राहत पुग्ने हुँदा प्रकोप कोषमा सहयोग गरेको भण्डारीले बताए । दुवै नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन तथा कोरोना रोेकथामका लागि दैनिक छाक टार्न समस्या भएका अति विपन्न परिवारलाई आवश्यक पर्ने सामग्री, खाद्यान्न, विविध सहयोगका लागि चेक हस्तान्तरण गरिएको भण्डारीले बताए । किर्डाक नेपालले सामाजिक विकास र परिवर्तनका लागि किशोर किशोरीको क्षेत्रमा शिवराजको १, २, ३, ५ र ११ नम्बर वडा तथा बुद्धभूमिको ३, ४ र ९ नम्बर वडालाई कार्यक्षेत्र बनाई काम गर्दै आएको छ ।

यता रकम बुझ्दै नगर प्रमुख नेत्रराज अधिकारीले विषम परिस्थितिमा यसरी संस्थाले गरेको सहयोग निकै सह्रानीय रहेको बताए । अहिले विश्वलाई आतंकित बनाएको कोरोना भाइरसका कारण विपन्न र निम्न आय भएका परिवारहरुको दैनिक सरल होस भनि नगरले राहत वितरण गरिरहेको नगरप्रमुख अधिकारीले जनाए ।

किर्डाक नेपालले गरेको सहयोग रकम विपदमा नै खर्च हुने समेत नगर प्रमुख अधिकारीले उद्घोष गरे । यस्तै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशब कुमार श्रेष्ठले यस विपद्को घडीमा किर्डाक नेपालले गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै आफू पनि बचौ र अरुलाई पनि बचाऔं भन्ने अभियानमा साथ दिन सबैलाई आग्रह गरे ।