१२ कार्तिक २०८३, बिहिबार

धनगढीमा आरटीपीसीआर मेसिनबाट परीक्षण शुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ३० चैत । एकै पटक धेरै नमुना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिनबाट धनगढीमा परीक्षण शुरु भएको छ । बुधवार धनगढी आइपुगेको मेसिन शनिबार साँझदेखि सञ्चालनमा आएको हो ।

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रहेको धेरै जनाको एकै पटक कोभिड १९ परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन सुदूरपश्चिम पठाएको छ ।

उक्त मेसिनले तीन घण्टाको फरकमा ९६ वटा नमूनाको स्वाब परीक्षण गर्न सक्ने बताइएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालाका ईञ्चार्ज रमेश शाहीले आरटीपीसीआरको जडान कार्य पूर्णरुपमा भएपछि साँझदेखि नमूना परीक्षण शुरु भएको बताए ।

आरटीपीसीआर मेसिन सञ्चालनमा आएसंगै कैलाली र कञ्चनपुर लगायतका सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट संकलित थ्रोट स्वावको साँझदेखि धनगढीबाटै परीक्षण हुने भएको छ ।