१२ कार्तिक २०८३, बिहिबार

कपिलवस्तुमा बाघको आक्रमणबाट दुईजना गम्भीर घाइते

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २९ चैत । बाघको आक्रमणबाट कपिलवस्तुमा दुई जना गम्भीर घाइते भएका छन् ।

बाख्रा चराउन जंगलमा गएका जिल्लाको विजयनगर गाउँपालिका-१, नेवलागञ्जका दुई पुरुष घाइते भएका हुन् । घाइते हुनेमा नेवलागञ्ज बस्ने ५५ वर्षे बर्मन रोका र सोही ठाउँका ५० वर्षीय दिलेराम थारु रहेका छन् ।

अपराह्न साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएका उनीहरुलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।

उनीहरू दुवैलाई थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरी निरीक्षक नेपालल्र बताए । घाइते दुबैको अवस्था गम्भीर रहेको उनले जनाएका छन् ।