शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बैतडीमा क्वारेन्टाइनमा बसेका चार सय २५ जनाको थ्रोट स्वाब संकलन

दैनिक नेपाल २०७६ चैत २८ गते ७:१४

बैतडी, २८ चैत । बैतडीमा क्वारेन्टाइनमा बसेका चार सय २५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।

बिहीबार पुर्चौंडीको हाट, नकाली र गहताड तथा पञ्चेश्वरको कुलाउ गरी चार ठाउँमा टोली पुगेर स्वाब संकलन गरेको हो । स्वाब संकलन गरिएका नागरिकको स्वाबको काठमाडौंमा परीक्षण हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

पुर्चौंडी नगरपालिकाको हाटमा एक सय ५९, नकालीमा ७१ र गहताडमा एक सय १३ को थ्रोट स्वाब संकलन गरिएको छ ।

पञ्चेश्वरको कुलाउमा ८२ जनाको थ्रोट स्वाब संकलन गरिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित