बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

घर जान नपाएका विद्यार्थीलाई राहत वितरण गर्न सरकारसँग नेविसंघकाे आग्रह

दैनिक नेपाल २०७६ चैत २७ गते ६:५२

काठमाडौं, २७ चैत । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लकडाउनका कारण घर जान नपाएका विद्यार्थीलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न सरकारलाई आग्रह गरेको छ ।

अध्यक्ष राजीव ढुंगानाले बुधबार विज्ञप्ति जारी गर्दै डेरा लिएर बसेका विद्यार्थीलाई प्राथमिकतामा राखेर राहत उपलब्ध गराउन माग गरेका हुन् । ढुंगानाले विज्ञप्तिमार्फत ‘अप्ठ्यारो परेको बेलामा मेरो देशको सरकारले मलाई सहयोग गर्छ’ भन्ने कुराको प्रत्याभूति गराउनसमेत आग्रह गरेका छन्।

विदेशमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था गर्न भनेका छन्।देश–विदेशमा रहेका रहेका नेविसंघ इकाईहरुलाई पनि विपतको क्षणमा आमनागरिकलाई सहयोग गर्न निर्देशनसमेत दिएका छन्।

राहत वितरणका नाममा अनियमितता र भ्रष्टाचर भए त्यसविरुद्ध तुरुन्त आवश्यक कदम चाल्न सरकारलाई ढुंगानाले आग्रह गरेका छन्।

लकडाउन जस्तो सतर्कताको उपाय अपनाउँदै गर्दा गरी खाने वर्गको दैनिक जनजीवन कष्टकर नबनोस् भन्नेतर्फ पनि सचेत रहन उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया
सम्बन्धित