शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना उपचार कोषमा पवर्तारोहण संघको ५ लाख सहयोग

दैनिक नेपाल २०७६ चैत २५ गते ९:२९

काठमाडौं, २५ फागुन । कोरोना भाइरस (कोभिड–१९) माहामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ ।

संघले जारी गरेको प्रेस बिज्ञप्तिमा सहयोग रकमले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका बिपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति सहयोग पुग्ने उल्लेख छ ।

कोषबाट कोरोना भाइरसको माहामारीबाट रोकथाम, नियत्रण र उपचारमा सकरात्मक सहयोग पुग्ने उल्लेख गर्दै संघले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, “सरकारले अघि बढाएको अभियानमा संघको तर्फबाट ऐक्यबद्धतास्वरुप आर्थिक सहयोग गरिएको हो ।”

संघका अध्यक्ष सन्तबीर लामाद्वारा जारी बिज्ञप्तिमा संघले बिगतमा पनि यस प्रकारका बिपद्को समयमा सामाजिक उत्तरदायित्व सम्झी सहयोग गर्दै आइरहेको जनाइएको छ । बिज्ञप्तिमा यस कोरोना भाइरसको माहाबारीबाट नेपालको पर्वतीय पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको पनि उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित