सिरहा, २४ चैत । सिरहाको लहान नगरपालिका १९ कटहामा शनिबार नेपाल विद्यार्थी संघ प्राविधिक परिषदको पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपाल कुशवहा विद्यार्थी समाजका जिल्ला अध्यक्ष मुकेशकुमार महतो अति बिपन परिवारलाइ ब्यक्तिगत रूपमा राहत वितरण गरेका छन् ।
महताेकाे आर्थिक सहयोगमा ३५ घर परिवारलाई चामल, दाल, आलु, खाने तेल, नुन लगायतका राहत बितरण गरिएको हाे ।
स्थानीय चन्दनदेवी यादव, भोलबी महतो, हिताई महतो, रामलोचन महतो, रासलाल यादव, रामरति यादव, राम अशिष यादव, रामऔंतार यादव लगायत ३५ घर परिवारलाई राहत बितरण गरेकाे अध्यक्ष महताेले बताए ।















प्रतिक्रिया