१२ कार्तिक २०८३, बिहिबार

कोेरोना सतर्कतामा नेपाल भन्दा अमेरिका पछाडि : गुगल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत ।  कोरोना रोकथाम र न्युनिकरणमा अमेरिका भन्दा अगाडि नेपाल रहेको एक अध्ययनले देखाएको छ ।

इन्टरनेट सर्च इन्जिन गुगलले कोरोना भाइरसको संक्रमण फैलिएका देशले अपनाएका ‘सामाजिक दूरी’बारे अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल अमेरिका भन्दा अगाडि रहेको देखाएको हो ।

कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले सामाजिक दूरी कायम गर्न सुझाव दिएको छ । अहिले नेपाल साथै अन्य अधिकांश मुलुकले कोरोना नियन्त्रणका लागि देशमा लकडाउन गराएका छन् ।

गुगलले यो नियम कुन देशले कति पालना गरेका छन् भनेर आफ्नो म्यापका माध्यमबाट अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो। जसअनुसार यो नियम अमेरिकाका नागरिकले भन्दा नेपालका नागरिकले गम्भीरतापूर्वक पालना गरेको अध्ययनले देखाएको छ ।