शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

क्वारेन्टाइनका लागि १३ जना इन्डोनेसियन नागरिकलाई ललितपुरको रिसोर्टमा राखियाे

दैनिक नेपाल २०७६ चैत २१ गते ७:२२

ललितपुर, २१ चैत । लकडाउन शुरु भएपछि सप्तरीमा अलपत्र परेका १३ जना इन्डोनेसियन नागरिकलाई ललितपुरको रिसोटमा राखीएको छ । कहिले सप्तरीको मस्जीद त कहिले ललितपुरको मस्जीद हुँदै रिसोटमा क्वारेन्टाइन बस्न पुगेका छन् ।

बुधबार राति ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित मस्जिदमा राखिएका ती इन्डोनेसियन नागरिकलाई बिहीबार गोदावरी नगरपालिकाको गोदावरी भिलेज रिर्सोटमा राखिएको छ ।

इमाडोलको मस्जिदमा राख्न ल्याइएका ती नागरिकलाई ब्यापक विरोधपछि गोदावरीतीर सारिएको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । गोदावरी भिलेज रिसोट पुर्यारएपछि त्यहाँ पनि स्थानीयको विरोध आएको छ ।

उनका अनुसार स्थानीयले पनि उनीहरूलाई त्यहाँबाट हटाउन दबाब दिएका छन् भने बिना कुनै जानकारी ल्याएपछि नगरपालिकाले सुरक्षित स्थानमा राख्न लगिएको बताएका हुन् ।

सप्तरीबाट फर्किएका ती नागरिकहरू बनेपास्थित एक मस्जिदमा जान खोजेका थिए तर त्यहाँ राख्न नमानेपछि उनीहरूलाई प्रहरीले बालाजुबाट इमाडोलको मस्जिदमा राख्न लगेको थियो । मस्जिदमा बालबालिका तथा वृद्धाहरू समेत बसेका थिए । ती इन्डोनेसियन नागरिकहरू जनवरी २१ तारिख र फेब्रुअरी ११ तारिखमा नेपाल आएका थिए ।

उनीहरू सप्तरीको इस्तेमा (मुस्लिम समुदायको धार्मिक प्रवचन)का लागि नेपाल आएका थिए । प्रहरी वृत सातदोबाटोका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सप्तरीमा फेब्रुअरी १४, १५ र १६ तारिखमा इस्तेमा रहेको थियो। यसअघि इन्डोनेसियन नागरिकहरू कञ्चन रूप नगरपालिकाको एक मस्जिदमा बसिरहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित